किशोर नेपाल र मेरो संगत
-
'कैलालीमा सिडियो बस्दैनन् र ?' गोरखापत्रको कैलाली समाचारदाता नियुक्तीका निवेदनसहित पुग्दा प्रधानसम्पादक किशोर नेपालले भन्नुभएको यो शब्द अहिलेसम्म कानमा गुञ्जिन्छ । निवेदनसहित गएको मैले 'कैलालीमा खाली छ सर मलाई राख्नु पर्यो' भन्दा उहाँले 'सिडियो बस्दैनन् र ?' भन्नु भएको थियो । उहाँको पत्रकारिताको उचाइ देखेर प्रभावित मलाई उहाँका अगाडि कसरी कुरा गर्ने भन्ने डर लागेको थियो । त्यसैमा उहाँको जवाफले सायद म झन डराएको थिएँ।""